रामेछापको उमाकुण्ड गाउँपालिका कोरोना संक्रमणमुक्त



२० भदौ, रामेछाप ।
जिल्लाभर कोरोना संक्रमणको संख्या बढिरहे पनि जिल्लाको उमाकुण्ड गाउँपालिकामा भने हालसम्म कोरोनाबाट एक जना पनि व्यक्ति संक्रमण भएको छैन् । सुरुदेखि नै गाउँपालिकाले अपनाएको उच्च सावधानीकै कारण कोरोना संक्रमण नदेखिएको हो ।

गाउँपालिकाले कोरोना संक्रमण हुने सक्ने सम्भावित व्यक्तिहरुको स्वाब संकलन गरी परीक्षण गर्न पठाउने काम गर्दै आएको बताउदै गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले सुखद नै मान्नुपर्छ अहिलेसम्म गाउँपालिकाभित्र कुनै पनि व्यक्तिलाई कोरोना संक्रमण देखिएको छैन् । कोरोना संक्रमण हुनबाट जोगाउन गाउँपालिकाले उच्च सतर्कता अपनाएको छ, जनचेतनामूकल कार्यक्रम सञ्चालन गर्दै आएको छ, उहाँले भन्नुभयो ।

विदेशबाट आएका र राजधानी काठमाडौबाट गाउँ फर्किएर क्वारेन्टिनमा बसेका ४४ जनाको स्वाब परीक्षण गर्न पठाउदा ३३ जनाको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले बताएको छ । केही दिन अगाडि गाउँपालिकाभित्र संचालित हाइड्रोपावर आफैले गरेको पीसीआर परीक्षणमा हाइड्रोपावरमा काम गर्ने १ जना कर्मचारीमा रिपोर्ट पोजेटिभ आएको भनिएकोमा उक्त व्यक्तिको सम्पर्कमा गएका र संक्रमणको उच्च जोखिममा रहेका ३५ जना व्यक्तिहरुको आज स्वाब संकलन गरि परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्