रामेछापमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, जिल्लमा संक्रमितको संख्या ९९ पुग्यो



२३ भदौ, रामेछाप ।
रामेछाप जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य कार्यालय रामेछापका अनुसार जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी दुई प्रहरी, मन्थली नगरपालिकाका २ जना र हिरासतमा रहेका २ जना कैदीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै रामेछापमा स्वाब दिएका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी काठमाडौं सहित विभिन्न जिल्लामा स्वाब दिएका ५० जना रामेछापका नागकिरहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म ९९ जना रामेछापका नागरिकहरुमा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले थप जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्