गोविन्द खडकालाई थप १५ दिन हिरासतकै आइसोलेशनमा राख्न अदालतकाे आदेश



२३ भदौ, रामेछाप ।
हिरासतमा रहेका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडकालाई कोरोना संक्रमण पुष्टि भएपछि थप १५ दिन हिरासतभित्रको आइसोलेसनमा राख्न जिल्ला अदालतले आदेश दिएको छ ।

२५ दिन हिरासतमा राखेर प्रहरीले असन्धान सकेसँगै अदालतमा पेश गरेको थियो । तर आज अदालत पेश गरेकै दिन खडकाको पीसीआर परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कोरोना संक्रमण भएको कारण खडकालाई थप १५ दिन हिरासतकै आइसोलनमा राख्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्