सुनापती गाउँपालिकाले माग्यो डाक्टर सहित कर्मचारी (सूचनासहित)



२५ भदौ, रामेछाप ।
सुनापती गाउँपालिकाले डाक्टर सहित करारमा विभिन्न कर्मचारीको लागि सूचना आह्वान गरेको छ । सुनापती गाउँपालिकाको बेथानमा पाँच शैयाको अस्पताल सञ्चालन हुने भएसँगै डाक्टर नर्स सहित गाउँपालिकालाई आवश्यकता पर्ने अन्य कर्मचारीको लागि सूचना आह्वान गरेको हो ।
गाउँ कार्यपालिकाको निर्णयअनुसार मेडिकल अधिकृत, नर्सिङ्ग अधिकृत, स्टाफ नर्स, कृषि विकास अधिकृत, कृषि र पशु सेवाका प्राविधिक तथा नायक प्राधिक सहायक, पालिका प्रहरी लगायतका कर्मचारी सेवा करारमा लिनको लागि सूचना प्रकाशित गरेको छ । सूचनामा भनिएको छ, दरखास्त तथा यस सम्बन्धी विस्तृत जानकारी गाउँपालिकाको वेवसाइट  http://sunapatimun.gov.np प्राप्त गर्न सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्