आज देशभर हालसम्कै धेरै १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि



२६ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७०१ जनाको परीक्षण गर्दा १४५४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई ९७२ जना डिस्चार्ज भएका छन् ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । हालसम्म संक्रमितको कुल संख्या ५१ हजार ९१९ पुगेको पनि गौतमले बताए । यस्तै बितेको २४ घण्टामा ९७२ जना निको भएका छन् भने योसँगै कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । यस्तै हालसम्म मृत्यु हुनेको संख्या ३२२ पुगेको छ। बितेको २४ घण्टामा थप ५ को मृत्यु भएको छ

प्रतिक्रिया दिनुहोस्