थप १ हजार ३९ कोरोना संक्रमित थपिए, संक्रमिणको संख्या ५४ हजार नाघ्यो



२८ भदौ, काठमाडौं ।
बितेको २४ घण्टामा देशभर १ हजार ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।
आज देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार १७३ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ३८ हजार ६९७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्