दीपकराज गिरीकाे अपिलः कुलमानको पुनर्नियुत्तिको लागि साँझ ५ मिनेट बत्ति निभाएर एक्बद्धता प्रकट गरौं



२९ भदौ, काठमाडौं ।

नेपाललाई लोडसेडिङमुक्त बनाउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबारबाट सकिए पनि पुनः नियुत्ति गर्ने माग चौतर्फी रुपमा उठेको छ । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पुनः घिसिङलाई नै दोहोर्याउने पर्ने आवाज स्वयं सत्तारुढ दल नेकपासँगै सामाजिक सामाजिकमा व्यापक रुपमा उठेको छ । सरकारले आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाएको छ । चार बर्षे कार्यकाल सकिएसँग आजबाट घिसिङ घरमै बस्नुभएको छ ।

कलाकार दीपकराज गिरीले कुलमानको पक्षमा आज एक अभिनयान घोषणा गर्नुभएको छ । उहाँले घिसिङको पुनर्नियुक्तिको माग गर्दै ५ मिनेट बत्ति निभाउने अभियान घोषणा गर्नुभएको हो । गिरीले सामाजिक सञ्जालमा लेख्नुभएको छ,‘‘कुलमानजीको पुनर्नियुक्तिका लागि जनदवावस्वरूप आजबाट हरेक साँझ आठ बजे ५ मिनेट बत्ति निभाएर ऐक्यबद्धता प्रकट गरौं । गिरीको यो घोषणालाई धेरैले समर्थन गर्दै साथ दिने समेत बताइएका छन् । देशभित्र १८ घण्टासम्म रहेको लोडसेडिङ कुलमान घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेपछि हटेको थियो ।

प्रतिक्रिया दिनुहोस्