रामेछाप जिल्ला पार्टी सभापतिमा उम्मेदवारी दिने कान्छाराम तामाङको घोषणा



१ असोज, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ले आगामी १४ औं महाधिवेशनमा जिल्ला पार्टी सभापतिको लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले जिल्लाभित्र पार्टीको संगठन कमजोर भएकाले संगठनलाई सुदृढ बनाउन सभापतिमा उम्मदेवारी दिने घोषणा गर्नुभएको हो ।

निर्माण व्यवसायी समेत रहेका कांग्रेस नेता कान्छारामले जिल्लाभित्र पार्टीलाई बलियो बनाउन आफूले उम्मेदवारी दिन लागेको रामेछाप न्युजलाई बताउनुभयो । गत प्रतिनिधिसभाको निर्वाचनमा पराजित हुनुभएका कान्छाराम हाल जिल्लाबाट महासमिति सदस्य रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्