रामेछापमा थप ५ जनामा कोरोना संक्रमणः जिल्लाका १ सय ४८ जनामा देखियो कोरोना



१० असोज, रामेछाप ।
रामेछाप जिल्लामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले एक ११ वर्षका बालक सहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

कोरोना संक्रमण पुष्टि हुनेमा उमाकुड गाउँपालिका–५ का ११ वर्षका बालक र ३० बर्षकी महिला, मन्थली नगरपालिका–१ की २७ वर्षकी महिला र रामेछाप नगरपालिका वडा नं ८ का २२ वर्षका पुरुष र ३८ वर्षका पुरुष रहेको थापाले जानकारी दिनुभयो । योसँगै रामेछाप जिल्लाभित्र स्वाब स्वाब संकलन गरिएका संक्रमित हुनेको संख्या ६९ जना पुगेको छ ।

थापाका अनुसाार जिल्लाभित्र संक्रमित भएका मध्ये ४९ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । हालसम्म रामेछाप जिल्लाभित्र ६९ जना र काठमाडौं सहित विभिन्न जिल्लामा स्वाब संकलन गराएका रामेछापका ७९ जनामा गरी जिल्लाका १ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्