रामेछापमा जोखिम मोलेरै धमाधम निर्माण हुँदै मध्य पहाडी लोकमार्ग (फोटोफिचर)



१४ असोज, रामेछाप ।
रामेछाप जिल्लाको खाँडादेवी र सुनापती गाउँपालिकामा मध्य पहाडी लोकमार्गको निर्माणको काम धमाधम भइरहेको छ । कोरोनाको बीचमा पनि लोकमार्ग निर्माणको काम रोकिएको छैन् । खाँडादेवी गाउँपालिकाको वेणीघाटबाट सित्खा डब्खा लुभघाट बेथान हुँदै गुन्सी खण्डको काम धमाधम भइरहेको छ ।

जिल्लाभित्र निर्माण हुने सडकको ट्याक ओपन गर्ने काम सकिएसँगै ग्राबेल र कालोपत्रेको काम अगाडि बढेको छ । राष्ट्रिय गौरवका आयोजना अन्तर्गत मध्ये पहाडी लोकमार्ग निर्माण भइरहेको छ । लोकमार्ग निर्माण भएपछि जनस्तरमा नै परिवर्तन ल्याएको सुनापती गाउँपालिका–४ बेथानका वडा अध्यक्ष खड्ग घिसिङले बताउनुभयो ।

‘मध्य पहाडी लोकमार्ग निर्माण भएपछि राजधानी काठमाडौ र सदरमुकाम मन्थली जान सहज भएको छ’, उहाँले भन्नुभयो,‘लोकमार्ग निर्माण भएपछि गाउँपालिकाभित्र उत्पादित कृषिजन्य बस्तु बजारसम्म पुर्याउन निकै सहज भएको छ ।’

रामेछाप जिल्लाभित्र निर्माण भइरहेको सडक खण्ड मध्ये सबै भन्दा जटिल मानिएको लुभुघाट केउरेनी जोडन भर्याङ भीरमा अहिले सडक निर्माण भइरहेको छ । भर्याङ भिरमा जोखिम मोलेरै वाल निर्माणको काम भइरहेको छ ।


तस्बीरः जीबी लामा

प्रतिक्रिया दिनुहोस्