कोरोनाबाट रामेछाप निवासी अर्जुन कार्कीको मृत्यु



२१ असोज, काठमाडौं ।
कोरोना संक्रमणबाट  रामेछापवासी अर्जुन कार्कीको निधन भएको छ । प्रबासी नेपाली एकता मञ्च ओमानका नेता कार्कीको  काठमाडाैंमा  उपचारको क्रममा  कोरोना संक्रमणबाट मृत्यु भएको हो । रामेछाप नगरपालिका–७ भालुखोप निवासी कार्कीको कोरोना संक्रमणको कारण ४६ वर्षको अल्पायुमै दुखद निधन भएको प्रबास समन्वय कमिटी अध्यक्ष युबराज चौलागाईंले पुष्टि गर्नुभएको छ ।

चौलागाईले कार्कीको निधनले अपुरणीय क्षति पुगेको बताउदै शोकको घडीमा कार्कीप्रति हृदय देखि श्रद्धाञ्दली अर्पण गर्दै परिवारजनप्रति गहीरो समवेदना प्रकट गर्नुभएको छ ।

त्यसैगरी रामेछाप नगरपालिकाका नगर उपप्रमुख सृजना खडकाले पनि कार्कीले निधनले दुखित तुल्याएको बताउदै मृत आत्माको चिरशान्तीको कामना गदै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

नेकपा रामेछापका नेता रोशन पाख्रिनले अर्जन कार्की काठमाडौंको केएमसी अस्पतालतमा उपचारको क्रममा निधन भएको बताउनुभयो ।

(समाचारमा यसअघि नेपालमा मृत्यु भएकाे हुनु पर्नेमा अाेमनमा हुन पुगेमा सच्याइएकाे छ -सम्पादक) 

प्रतिक्रिया दिनुहोस्