विद्यालय नखोल्न जिल्ला प्रशासन कार्यालय रामेछापको निर्देशन



२१ असोज, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभित्र कुनै पनि विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढदै गएको बताउदै जिप्रका रामेछापले अनुगमनको क्रममा मापदण्ड पूर्ण रुपमा पालना नभएकाले तत्काल विद्यालय सञ्चालन नगर्न स्थानीय तहलाई निर्देशन दिएको हो ।
स्वीकृत कार्ययोजना र निर्देशिका विपरीत प्रत्यक्ष सिकाई विधि अबलम्बनको कारण विद्यार्थीहरुमा कोरोना संक्रमणको जोखिम देखिएको बताउदै जिल्ला प्रशासन कार्यालय रामेछापले विद्यालय हुँदै समाजमा कोरोना संक्रमण फैलिन जोखिम उच्च रहेको र ठूलो धनजनको क्षति हुने भन्दै सचेत गराएको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापद्धारा जारी सूचनामा भनिएको छ, सामुदायिक संस्थागत विद्यालय सञ्चालन गरी संक्रमण फैलिएमा त्यसको जिम्मेवारी विद्यालय र सम्बन्धित निकाय रहने र जोखिम बढाउन काम कारवाही गरेमा प्रचलिन कानुन अनुरुप कारवाही गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्