जिल्ला प्रशासन कार्यालय रामेछापको सूचनाप्रति मन्थली नगरपालिकाको आपत्ति (सूचनासहित)



२१ असोज, रामेछाप ।
कोरोना संक्रमण फैलिन नदिन जिल्लाभित्र विद्यालय नखोल्न जिल्ला प्रशासन कार्यालय रामेछापले जारी गरेको सूचनाप्रति मन्थली नगरपालिकाले आपत्ति जनाएको छ । नेपालको संविधान २०७२ स्थानीय सरकार सञ्चालन ऐन २०७४ प्रचलित कानुनको उपहास र स्थानीय तहको अधिकारको हस्तक्षप हुने गरी सूचना जारी गरिएको भन्दै नगरपालिकाले आपत्ति जनाएको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाभित्र कोरोना संक्रमण बढदो क्रममाा रहेको भन्दै मंगलवार जिल्लाभित्रका विद्यालय सञ्चालन नगर्न सूचना जारी गर्नुभएको थियो । जिप्रकाको सूचनाप्रति आपत्ति जनाउदै मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले बुधवार एक सूचना जारी गर्दै स्थानीय सरकारको अधिकारमाथि हस्तक्षप भएको बताउनुभएको छ ।

बस्नेतद्धारा जारी सूचनामा भनिएको छ,‘संविधानको अनुसची ८ मा रहेको स्थनीय तहको एकल अधिकार सुचीको दोहाय ८ मा आधारभुत र माध्यामिक शिक्षा सञ्चालनको जिम्मेवारी स्थानीय तहको रहेको, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफ ११ (२) (ज)मा उल्लेखि प्रावधान अनुसार आधारभुत र माध्यामिक शिक्षाको नीति, कानुन मापदण्ड, योजना तर्जुमा, अनुगमन मुल्यांकन र नियमनको कार्य स्थानीय तहको रहेको छ ।
कोभिड–१९का कारण पठनपाठन बन्द रहेको विद्यालयहरु र अलपत्र छात्र छात्राहरुको शैक्षिक सत्र गुम्न नदिन वैकल्पिक माध्यबाट पठानपाठन सञ्चालन गर्न संघीय सरकार शिक्षा मन्त्रालयको जारी निर्देशिको आधारमा यस नगरपालिकाको क्षेत्राधिकारभित्र रहेका विद्यालयहरुमा वैकल्पिक माध्यबाट पठन पाठन भइरहेको सूचनामा उल्लेख गरिएको छ ।

मन्थली नगर कार्यपालिकोका गत असोज १ गतेको बैठकले नगरपालिकाभित्र रहेका विद्यालयले भौतिक दुरी लगायतका सुरक्षा व्यवस्थाको अबलम्बन गरी न्युन विद्यार्थीको उपस्थितिमा विभिन्न सिफ्टमा कक्षा विभाजन गरी विद्यालय सञ्चालन गर्ने र अनुगन शिक्षा समितिले गर्ने निर्णय गरेको थियो ।
नगरप्रमुख बस्नेतद्धारा जारी सूचनमा कोरोना संक्रमणको जोखिम न्युनकरण गर्न नगरपालिकाको सम्पूर्ण शक्ति केन्द्रित भइरहेको र सम्भावित जोखिममा रहेका नगरपालिकाको सालु, सुनारपानी, कठजोर देवीटार क्षेत्रमा रहेका विद्यालय हालसम्म बन्द रहेको जानकारी गराइन्छ ।

मन्थली नगरपालिकाले जारी  गरेकाे सूचना 

 

प्रशासन कार्यालय रामेछापले जारी गरेकाे सूचना 

 

प्रतिक्रिया दिनुहोस्