जिल्ला अस्पताल रामेछापको आकास्मिक बाहेकका सेवा बन्द



२३ असोज, रामेछाप ।
जिल्ला अस्पताल रामेछापमा आकास्मिक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ । अस्पतालमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै आकास्मिक बाहेकका अन्य सेवा बन्द गरिएको हो ।

अस्पतालका चिकित्सक सहित ७ जना स्वास्थ्यकर्मी कोरोना पुष्टि भएकाले अर्को सूचना जारी नभएसम्म लागि अस्पतालको आकस्मिक सेवा बाहेकका सबै सेवाहरु बन्द रहने अस्पतालका नि. मेडिकल सुपरिटेन्डेण्ट डा. रोशन ग्वाछाले जानकारी दिनुभयो ।

उहाँले अस्पतालको सेवा बन्द गर्ने निर्णयबाट सेवाग्राहीहरुमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेको बताउदै कोरोना महामारीमा धैर्यताको साथ सरकारबाट लागू भएका जन स्वास्थ्य सम्बन्धि मापदण्डहरुको पूरा पालना गर्न पनि नागकिरहरुलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्