खाँडादेवी गाउँपालिकाको कार्यालय ५ दिनकाे लागि सिल



२४ असोज, रामेछाप ।
खाँडादेवी गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाकाे कार्यालय ५ दिनकाे लागि सिल गरिएको छ । खाँडादेवी गाउँपालिकाले कार्यालय सिल गरिएको जानकारी गराउदै पाँच दिनसम्म कार्यालय बन्द गरिएको बताएको छ ।

अध्यक्ष प्रेमबहादुर तामाङले कन्ट्याक टे«सिङको लागि पाँच दिन कार्यालय सिल गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाका २९ जनाको पिसिआर परीक्षण गर्न पठाइएको एक जनालाई कोरोना पुष्टि भएको रिपोर्ट आएको हो ।

गाउँपालिकाका  प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासद्धारा जारी सूचनामा भनिएको छ, यस गाउँपालिकामा कार्यरत एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएकोले सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशन नभएसम्म मिति २०७७/६/२४ देखी यस कार्यालय र आसपासका क्षेत्र सिल गरिएको सर्वसाधारणमा जानकारी गरिन्छ । यसबाट पर्न जाने असुविधा प्रति यस गाउँपालिका क्षमाप्रार्थी छ ।

 

प्रतिक्रिया दिनुहोस्