रामेछापमा ६७ जनाले जिते कोरोना ६७ जना अझै आइसोलेसनमा



२८ असोज, रामेछाप ।
रामेछाप जिल्लामा हालसम्म ६७ जना व्यक्तिहरु  कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । विगत सात महिनाको महिलाको अवधिमा रामेछाप जिल्लाबाट गरिएकाे स्वाब संकलन मध्ये बुधबारसम्म १ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ६७ जना स्वास्थ्य भएर घर फर्किएका छन भने ६७ अस्पताल एवं होम आइसोलेसनमा बसेका छन् ।

बुधवार थपिएको थप तीन जनालाई पनि आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापले बताएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले हालसम्म जिल्लाभित्र दुई हजार ७१ जनाको पिसिआर परीक्षण गरिएकोमा १ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

जिल्लाभित्र परीक्षण गरिएका १ सय ३७ जना र काठमाडौं सहित विभिन्न जिल्लामा परीक्षण गराएका १ सय २६ जना गरी रामेछापका २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्