प्रधानमन्त्री ओलीले यस बर्ष राष्ट्रपति भण्डारीबाट मात्र टिका लगाए (फोटोफिचर)



१० कात्तिक, काठमाडौं ।
यस बर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट मात्र टिका लगाउनुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई दसैँको टीका लगाइदिनुभएको हो । सोमबार दिउँसो प्रधानमन्त्री ओली दसैँको टीका लगाउन राष्ट्रपति निवास शीतलनिवास पुग्नुभएको थियो । त्यस क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई टीका र जमराको माला लगाइदिनुभएको थियो । प्रधानमन्त्री ओलीसँगै उहाँकी पत्नी राधिका शाक्यले पनि राष्ट्रपतिबाट दसैँको टीका र जमराको माला लगाउनुभएको थियो ।

प्रधानमन्त्रीका बुबा मोहनप्रसाद ओली गृह जिल्ला झापामा रहेकाले प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा टीका लगाउन नपाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । कोरोनाको कारण यस बर्ष राष्ट्रपति भवन शितल निवास र प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा टिका ग्रहणको कार्यक्रम राखिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्