लिखु तामाकोसी गाउँपालिकाद्धारा १५ शैयाको अस्पताल बनाउने निर्णय



१२ कात्तिक, रामेछाप ।
लिखु तामाकोसी गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको केन्द्रमा १५ शैयाको अस्पताल निर्माण गर्ने निर्णय गरेको छ । गाउँपालिकाले अस्प्तालको लागि आवश्यक जग्गा पहिचान गर्नको लागि नौ सदस्यीय समिति समेत गठन गरिसकेको छ ।

तस्बीर साभारः देवशकंर पौडेलबाट

लिखु तामाकोसी गाउँपालिकाका कार्यवहाक अध्यक्ष दिपशिखा दाहालले गाउँपालिकाले अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाएको बताउनुभयो । जग्गा प्राप्ति गर्नको लागि वडा नम्बर ५ नागदाहका वडाअध्यक्ष सोम बहादुर तामाङको संयोजकत्वमा सात वटै वडा अध्यक्ष र दुई जना कार्यपालिकाका सदस्य रहेको नौ सदस्यीय समिति गठन गरेको छ ।

कार्यवहाक अध्यक्ष दाहालले रामेछाप न्युजसँग भन्नुभयो,‘गाउँपालिकाको केन्द्रमै १५ देखि २५ शैयाको अस्पताल बनाउने निर्णय गरेका छ, जग्गा प्राप्तिको लागि समिति गठन भइसकेको छ, डिपिआर तयार गरेर यस आर्थिक बर्षभित्र नै अस्पताल निर्माणका लागि ठेक्का आह्वान गछौं ।’
अस्पताल निर्माण गर्नको लागि न्युनतम नौ रोपनी जग्गा चाहिने मापदण्ड रहेको छ । गाउँपालिकाले अस्पताल निर्माणको लागि यस आर्थिक बर्षमा २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्