सुनापती गाउँपालिका कोरोनाको उच्च जोखिममा छैनः अध्यक्ष लामा



१६ कात्तिक, रामेछाप ।
सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले गाउँपालिका कोरोना संक्रमणको उच्च जोखिममा नरहेको बताउनुभएको छ । केही कोरोना संक्रमित भएपनि हाल निको भइसकेको बताउदै गाउँपालिका हालसम्म जोखिममा नरहेको बताउनुभयो ।

अध्यक्ष लामाले कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि पाँच शैयाको अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको बताउदै क्वारेन्टाइन बेड समेत तयारी अवस्थामा राखिएको बताउनुभयो । यस बर्षको दशैमा काठमाडौं सहित विभिन्न जिल्लाबाट गाउँपालिकामा आउने नागरिकहरु निकै कम रहेको बताउदै गाउँपालिकाभित्रको अहिलेको अवस्था सामान्य रहेको बताउनुभयो ।

सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्लेले बाहिर हल्ला गरेजस्तो गाउँपालिकाभित्र कोरोना संक्रमणको जोखिम हालसम्म नरहेको बताउनुभयो । उहाँले गाउँपालिकाको स्रोत साधनले भ्याएसम्म कोरोना नियन्त्रण र रोकथामको लागि प्रयासरत रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्