इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि उमाकुण्ड गाउँपालिवासीमा खुसीयाली
१७ कात्तिक, रामेछाप ।
उमाकुण्ड गाउँपालिकाको लाप्चानेमा रहेको इलाका प्रशासन कार्यालय पुनः सञ्चालनमा आएपछि गाउँपालिकावासीमा खुसी छाएको छ । घण्टौ धाएर सदरमुकाम मन्थली जानुपर्ने बाँध्यता हटेपछि गाउँपालिकासीमा खुसी छाएको हो ।
उमाकुण्ड गाउँपालिकाको निरन्तरतको प्रयासपछि गृहमन्त्रालयले बन्द रहेको इकाला प्रशासन कार्यालय सञ्चालन गर्न अधिकृत स्तरको कार्मचारी पठाएपछि हाल दैनिक रुपमा नागरिकहरुले सेवा लिएका छन् । पाँच बर्ष अघि जिल्लाकै दुर्गम क्षेत्रको रुपमा चिनिदै आएको उमाकुण्ड गाउँपालिकावासीलाई सहज रुपमा सेवा प्रदान गर्नको लागि लाप्चानेमा इकाला प्रशासन कार्यालय सञ्चालनमा ल्याएको थियो । तर कर्मचारी बस्न नमान्ने समस्याको कारण विगत लामो समयदेखि कार्यालय बन्द अवस्थामा रहेको थियो ।
उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले गृह मन्त्रालयमा निकै पटक धाएपछि यस पटक कर्मचारी पठाएको बताउनुभयो ।
उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘कार्यालय सञ्चालनमा आएपछि गाउँपालिकावसीले गाउँघरमै सुविधा पाएका छन, अब कार्यालय बन्द गर्ने अवस्था सृजना हुन नदिन लागि पछौं ।’
हाल इकाला प्रशासन कार्यालयबाट नागरिकता प्रमाण–पत्र, राहदानी सिफारिस लगायतको सेवा प्रदान हुँदै आएको छ । अध्यक्ष सुनुवारका अनुसार हाल दैनिक २० देखि ३० वटासम्म नागरिकता कार्यालयबाट वितरण हुँदै आएको छ ।
कार्यालय संचालनमा आएपछि उमाकुण्ड गाउँपालिकाको साथै गोकुलगंगा गाउँपालिकाकाको केही वडाका नागरिकहरुलाई सहज भएको छ । विसं २०७३ साउनमा लाप्चानेमा इकाला प्रशासन कार्यालय स्थापना गरिएको थियो । हाल अधिकृतसहित ५ जना कर्मचारीको दरबन्दी रहेको छ ।