रामेछाप नगरपालिका पनि कोरोनाको उच्च जोखिममा थप पाँच जनामा संक्रमण



२० कात्तिक, रामेछाप ।
कोरोना भाइरसको उच्च जोखिममा परेको रामेछाप नगरपालिकाभित्र फेर थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्थली नगरपालिकासँगै रामेछाप नगरपालिका पनि कोरोनाको जोखिममा परेको छ । केही दिन अघि कोरोना संक्रमित सम्भावित व्यक्तिहरुको स्वाब संकलन गरेर पठाइएको थियो ।

स्वाब पठाइएका १२ जना मध्ये ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले बताएको छ । स्वास्थ्य कार्यालय रामेछाप जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार विहिवारसम्म जिल्लामा स्वाब संकलन गरेका मध्ये १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १ सय ६१ ज्नाले भने निको भएर घर फर्किएका छन् । जिल्लाका विभिन्न ठाउँमा गरी १६ जना संक्रमितको उपचार भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार रामेछाप जिल्लामा स्वाब संकलन गरिएका १ सय ७७ र राजधानी काठमाडौं लगायतका विभिन्न जिल्लामा बसोबास गर्ने १ सय ४४ जना हालसम्म रामेछापका २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्