जिल्ला प्रशासन कार्यालय रामेछापबाट ९ बर्षमा ६३ हजार राहदानी वितरण



२० कात्तिक, रामेछाप ।
जिल्ला प्रशासन कार्यालयबाट नौ बर्षको अवधिमा ६३ हजार राहदानी वितरण भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापबाट २०६८ सालयता २७ हजार ६३ वटा राहदानी वितरण गरिएको छ ।

रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी वेद प्रसाद अर्यालले जिल्लाबाट २७ हजार र ३६ हजार १ सय ४७ राहदानी बनाउन कार्यालयबाट सिफारिस भएको रामेछाप न्युजलाई बताउनुभयो ।
२०६८ सालको जनगणना अनुसार रामेछाप जिल्लाको जनसंख्या २ लाख १४ हजार रहेको छ । राहदानी लिएका अधिकाशं रामेछापका नागरिकहरु भने वैदेशिक रोजगारीमा रहेका छन् ।
स्थानीय सरकारले विदेशिएका युवाहरुलाई गाउँ फर्काउने गरी अझै पनि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिरहेका छैनन्

प्रतिक्रिया दिनुहोस्