मन्थली नगरपालिकाले १५ जना महिलालाई निशुल्क ड्राईभिङ सिकाउने



२३ कात्तिक, रामेछाप ।
मन्थली नगरपालिकाले सीप सिकाएर आत्मनिर्भर बनाउने कार्यक्रम अन्तर्गत नगरपालिकाभित्रका १५ जना महिलालाई निशुल्क सवारी चालक (ड्राईभिङ) तालिम दिने भएको छ । नगरपालिको स्वीकृत कार्यक्रम अन्र्तगत १५ जना महिलाहरुलाई यस बर्ष हलुका सवारी चालक तालिम दिन लागेको हो ।

महिला विकास तर्फको स्वीकृत कार्यक्रम अनुसार यस बर्ष नगरपालिकाको वडा नम्बर १ देखि १४ वटाभित्रका १५ जना महिलाहरुलाई छनोट गरेर सवारी चालक तालिम सञ्चालन गर्न लागिएको मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले बताउनभुयो ।

तालिममा छनोट गर्दा नगरपालिकाले विपन्न, असहाय, दलित, एकल महिलालाई विशेष प्राथमिता दिने बताएको छ । तालिमको सञ्चालन मन्थली वा काठमाडौंमा सञ्चालन गरिने नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्