फोनबाट धम्की दिएर तीन करोड माग गर्ने रामेछापका श्रेष्ठ पक्राउ



२६ कात्तिक, काठमाडौं ।
फोनबाट धम्क्याएर पैसा असुल्ने समुहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले फोनबाट धम्की दिएर तीन करोड माग गर्ने समुहलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप सुनापती गाउँपालिका–३ हिलेदेवीका ३१ बर्षका रामदल श्रेष्ठ पनि रहेका छन् ।
काठमाण्डौं उपत्यका लगायतका बिभिन्न स्थानमा बस्ने व्यवसायीहरुलाई फोन गरी नेकपा माओवादी, बिप्लव समुहको पुर्व जिल्ला सेक्रेटरी र कार्यकर्ता हौ भनि ३ करोड चन्दा माग गर्ने समुहलाई पक्राउ महानगरी अपराध महाशाखाका प्रमुख दीपक थापाले बताउनुभयो ।

पक्राउ पर्नेमा नुवाकोटका बिन्तोष सिलवाल सुनार, रामेछाप सुनापती गाउँपालिका ३ का रामदल श्रष्ठ (अटल(, काभ्रेका तिर्थमान तामाङ र चितवनका नन्दुराज आचार्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्