रामेछापका ४ सय १४ जना कोरोना संक्रमित, कुन स्थानीय तहमा कति ?



१ मंसिर, रामेछाप ।
हलसम्म रामेछाप जिल्लाका ४ सय १४ जनालाई कोरोना संक्रमण भएको छ । रामेछाप जिल्लामा स्वाब संकलन गरेका १ सय ८७ जना र काठमाडौं सहित विभिन्न जिल्लामा परीक्षण गरेका २ सय २७ जना गरी ४ सय १४ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय रामेछापका अनुसार सोमवारसम्म जिल्लामा हालसम्म २३ सय १५ जनाको स्वाब परीक्षण गर्दा रामेछापमा १ सय ८७ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाका संक्रमित मध्ये १ सय ७२ जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्थली नगरपालिकामा ८८ जना, रामेछाप नगरपालिकामा २८ जना, उमाकुण्ड गाउँपालिकामा दुई जना ,गोकुलगंगा गाउँपालिकामा २५ जना , खाँडादेवी गाउँपालिकामा तीन जना ,लिखुतामाकोसी गाउँपालिकामा २० जना , सुनापति गाउँपालिकामा १० जना र जिल्ला अस्पतालमा आठ जनामा कोरोना संक्रमित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्