रामेछाप तरुण दलका अध्यक्ष खडकाको समुहले उपभोक्ता समितिका सचिव कुटे



३ मंसिर, रामेछाप ।
रामेछाप तरुण दलका अध्यक्ष काजीबहादुर खड्काको समूहले गोकुलगंगा गाउँपालिका–५का देवराज खड्लाई निर्घात कुटपिट गरेका छन् । गोकुलगंगा–५ स्थित ‘बासे सड्क’ उपभोक्ता समितिका सचिव रहेको खडकालाई उक्त समुहले कुटेका हुन् । मंगलबार काजीबहादुरको समूहले आफूलाई कुटपिट गरेको पीडित देवराज खडकाले बताउनुभयो ।

कुटपिटबाट घाइते भएका खडकाको मन्थलीमा उपचार भइरहेको छ । कुटपिटको कारण टाउकोमा गम्भीर चोट लागेको कारण टाउकोमा सात टाका लगाइएको छ । देवराजको तर्फबाट परिवारले जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी जाहेरी दर्ता गर्ने भएका छन् ।  पीडित खडकाका अनुसार रड, ढुङ्गा र चिर्पट प्रहार गरेर कुटेको बताएका छन् ।

तर नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्काले घट्नामा आफ्नो कुनै पनि संलग्नता नरहेको दावी गरेका छन् । अध्यक्ष खडकाले आफू घटनास्थलमा रहेपनि कसले किन आक्रमण गर्यो आफूलाई जानकारी नभएको बताउदै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले पीडित पक्षले उजुरी दिएपछि आवश्यक अनुसन्धान अगाडि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो,‘घटनाको प्रारम्भिक अनुसन्धान अगाडि बढाएका छौ, को–को संलग्न छन सबै अनुसन्धनको क्रममा खुल्छ ।’ प्रमुख पाठकले घटनामा संलग्न दोषी जो कोही भएपनि कानुन अनुसार कारवाही हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्