उमाकुण्ड गाउँपालिकामा १० शैयाको अस्पताल बन्ने



१५ मंसिर, रामेछाप ।
उमाकुण्ड गाउँपालिकामा पहिलो पटक १० शैयाको अस्पताल भवन निर्माण हुने भएको छ । संघीय सरकारको निर्णय अनुसार उमाकुण्ड गाउँपालिकाको वाम्तीमा दस शैयाको अस्पताल निर्माण हुने भएको छ ।

नयाँ बन्न लागेको अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले एक कार्यक्रमकोबीच आज शिलान्यास गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सुनुवारले अस्पताल भवनसँगै गाउँपालिकाका नागकिरहरुलाई आधारभूत रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने बताए । उनले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार गाउँपालिकाभित्र अस्पताल भवन निर्माणको काम अगाडि बढेको बताए ।

अस्पताल भवन निर्माण गर्न १० करोड ८३ लाख ३६ हजार लाग्ने भएको छ । यस आर्थिक बर्षको लागि ८५ लाख विनियोजन भएको छ । अध्यक्ष सुनुवारले आगमी २ बर्षभित्र अस्प्ताल भवन निर्माण हुने लक्ष्य राखिएको जानकारी दिए ।

अस्पताल शिलान्यास कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष उर्मिला कार्की बस्नेत, प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद सुवेदी, वडा नम्बर ३ को रमेश कुमार सुनुवार, गाउँपालिकाको स्वास्थ शाखाको प्रमुख दिपेन्द्र कुमार पैकरा लगायतको सहभागीता रहेको थियो । गाउँपालिको पहलमा गाउँपालिकाको केन्द्र प्रितिमा यस अघि नै पाँच शैयाको प्राथमिक अस्प्ताल सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्