सुनापति गाउँपालिकाको हिलेदेवीमा १० शैयाको अस्पताल बन्दै



१५ मंसिर, रामेछाप ।
सुनापति गाउँपालिकामा पहिलो पटक निर्माण हुन लागेको १० शैयाको अस्पताल भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष धावा लामा उपाध्यक्ष गिता विष्ट र प्रमुख प्रशासकीय अधिृकत रामणि काफ्ले सहित वडा अध्यक्षहरुको सहभागीतामा अस्पताल भवन शिलान्यास गरिएको हो ।

गाउँपालिकाको केन्द्र हिलेदेवीमा निर्माण हुन लागेको अस्पताल भवनको शिलान्यास गर्दै अध्यक्ष लामाले निर्वाचनमा अस्पताल बनाउने प्रतिबद्धता पूरा गर्न सफल भएकोमा खुसी व्यक्त गरे । उनले भने,‘बेथानमा पाँच शैयाको अस्पताल सञ्चालनमा आइसकेको छ, अब गाउँपालिकाको केन्द्रमा पनि १० शैयाको अस्पताल छिट्टै सञ्चालनमा आउछ ।’

करिब ९ करोड लागतमा निर्माण हुन लागेको अस्पताल भवन निर्माणको लागि यस बर्ष संघीय सरकारले ८५ लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्लेले अस्पताल भवनको डिपिआर तयार भइरहेको र पुस पहिलो साताभित्र नै ठेक्का प्रक्रिया अगाडि बढाउने जानकारी दिए । उनका अनुसार अस्पताल भवन निर्माणको लागि स्थानीयले नौ रोपनी जग्गा निशुल्क रुपमा उपलब्ध गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्