लिखु तामाकोसी गाउँपालिकामा १५ शैयाको अस्पताल शिलान्यास



१५ मंसिर, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिकाको धोवीमा पहिलो पटक १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । संघीय सरकारले हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने निर्णय गरेसँगै गाउँपालिकाको केन्द्र धोवीमा पनि अस्पताल निर्माण हुन लागेको हो ।

सोमवार गाउँपालिकाद्धारा आयोजित कार्यक्रममा बागमती प्रदेशका सांसद शान्ति पौडेलले अस्पतालको शिलान्यास गरेका छन् । नेकपा रामेछापका सचिव समेत रहेका पौडेलले निर्धारित समयसीमा भित्र नै अस्पताल सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा लिखु तामाकोसी गाउँपालिकाका कार्यवहाक अध्यक्ष दीपशिखा दाहालले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार अस्पताल निर्माणको काम अगाडि बढेको बताइन । उनले चाडो भन्दा चाडो अस्पतालको भवन निर्माण सम्पन्न गरेर नागरिकहरुलाई स्वास्थ्य सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

प्रतिक्रिया दिनुहोस्