गेलुका वडाअध्यक्ष अधिकारीलाई हेलिकोप्टरबाट काठमाडौं लगियो



२० मंसिर, रामेछाप ।
नेकपा मन्थली नगर कमिटीका अध्यक्ष एवं मन्थली नगरपालिका–१२ का वडा अध्यक्ष कृष्णहरि अधिकारीलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । आज बिहान आफैले सञ्चालन गरेको मिलमा काम गर्ने क्रममा लगाएको गलबन्दी फितामा अल्झिदा घाइते भएका अधिकारीलाई उपचारको लागि काठमाडौं लगिएको हो ।

वडा अध्यक्षका छोरा यशु अधिकारीले हाल अधिकारीको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार भइरहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘सिटी स्क्यानको रिपोर्टमा शहरीको भित्री भागमा चोट नरहेको जानकारी पाएका छौ, शरीरको बाहिरी भागमा चाही चोट रहेको छ ।’

अस्पतालले अधिकारीको शहरीमा चोट रहेपनि अवस्था खतरामुक्त रहेको जानकारी गराएको छ । अहिले अधिकारीको इमरेजन्सीमा थप उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्