तरुण दल रामेछापका अध्यक्ष खडकाको विरुद्ध पक्राउ पुर्जी जारी



२५ मंसिर, रामेछाप । नेपाल तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खडकाको विरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । गोकुलगंगा गाउँपालिका–५ नामाडीमा मंसिर ३ गते भएको कुटपिटको घटनामा संलग्न भएको दावी सहित पीडित देवराज खडकाले प्रहरी कार्यालयमा किटानी जाहेर दिएपछि खडकालाई पक्राउ गर्न अदातलले पक्राउ पुर्जी जारी भएको हो ।

घटनामा संलग्न भएको आरोपमा गत मंसिर १७ गते सुमन खडकालाई प्रहरीले खिम्तीबाट पक्राउ गरेको थियो । कुटपिटबाट घाइते भएका वेदराज खडकाले रामेछाप तरुण दलका अध्यक्ष खड्का, दीपक खडका र सुमन खडकाको विरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा गत मंसिर ३ गते किटानी जाहेरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले किटानी जाहेरीको आधारमा काजीबहादुर खडका र दीपक खडकाको विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गरिएको रामेछाप छ । पीडित खडकाले तीन जनाको विरुद्ध ज्यान मार्ने अभियान अन्तर्गत जाहेरी दर्ता गराएका छन् ।
पक्राउ पुर्जी जारी भएसँगै फरार रहेका काजीबहादुर खडका र दीपक खडकाको खोजी कार्य जारी रहेको प्रमुख पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्