जबरजस्ती करणी उद्योगमा फरार रामेछापका श्रेष्ठ काठमाडौबाट पक्राउ



२५ मंसिर, रामेछाप ।
जबरजस्ती करणी उद्योगमा फरार रहेका रामेछापका गणेशबहादुर श्रेष्ठ पक्राउ परेका छन् । नौ महिना अघि जबजस्ती करणी उद्योग अन्तर्गत जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी जाहेरी दर्ता भएसँगै फरार रहेका खाँडादेवी गाउँपालिका–१ राकाथुम पिपलटारका ७४ बर्षिय श्रेष्ठ पक्राउ परेका हुन् ।

गाउँकै एक महिनामाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा पीडित पक्षले नौ महिना अघि प्रहरी कार्यालयमा श्रेष्ठको विरुद्ध किटानी जाहेरी दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकले रामेछापबाट खटिएको प्रहरीको विशेष टोलीले फरार रहेका श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेको रामेछाप न्युजलाई बताए । उनले भने,‘हामीले किटानी जाहेरी परेपछि खोजी कार्य अगाडि बढाएका थियौ, हिजो काठमाडौंबाट पक्राउ गरेर रामेछाप ल्याइएको छ, अब अदालतबाट म्याद थपेर अनुसन्धान अगाडि बढाउछौं ।’

देशभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला जिल्ला प्रहरी कार्यालय रामेछापले जबरजस्ती करण उद्योगमा फरार रहेका श्रेष्ठलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्