सरकारको प्राथमिकता प्राविधिक शिक्षाः मन्त्री ढुंगेल
२७ मंसिर, रामेछाप ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सरकारले प्राविधिक शिक्षालाई प्राथमिकता दिएको बताउनुभएको छ । उहाँले प्राविधिक र व्यवसायिक शिक्षाले मात्र समृद्धि सम्भव भएको बताउदै प्रदेश सरकारले प्राविधिक शिक्षालाई जोड दिएको बताउनुभएको हो ।
लिखु तामाकोसी गाउँपालिकाको खिम्तीमा नवनिर्मित तामाकोसी जनजागृत माविको भवन उदघाटन गर्दै मन्त्री ढुंगेलले विद्यालय निर्माणसँगै शिक्षाको गुणस्तर विकासमा पनि लाग्न आग्रह गर्नुभयो ।
विद्यालय आधुनिक र व्यवस्थित बनेका छन, विद्यालयको भौतिक संरचना राम्रो हुँदै गएको छ, अब गुणस्तरीय शिक्षा दिनुपर्छ, उहाँल भन्नुभयो । विद्यालयले अहिलेको प्रविधिलाई आत्मसाथ गरेर अगाडि बढन आग्रह गर्दै मन्त्री ढुंगेलले भन्नुभयो,‘अबको शिक्षा स्वदेशमा रोजगारी सृजना गर्ने खालको हुनुपर्छ, खाडी मूलुक जानु पर्ने अवस्था अन्त्य गर्ने गरी शिक्षामा सुधार गर्नुपर्छ ।
कार्यक्रममा पूर्व सभासद तारानारायण श्रेष्ठ, प्रदेश सांसद शान्ति पौडेल, लिखु तामाकोसी गाउँपालिकाका कार्यवहाक अध्यक्ष दीपशिखा दाहाल लगाएतको सहभागीता रहेको थियो ।