लिखु खोला हाइड्रोपावरले ६२ लाख ५० हजार साधारण सेयर निष्कासन गर्दै



२ पुस, काठमाडौं ।
ग्रीन भेन्चर प्रालिले प्रवर्द्धन गरिरहेको लिखु खोला हाइड्रोपावर कम्पनीले चुक्ता पुँजीको २० प्रतिशत बराबरको आइपीओ निष्कासन गर्ने भएको छ ।तीन अर्ब १२ करोड ५० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ६२ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुका लागि निष्कासन गर्ने लागेको हो ।

प्रति कित्ता १०० रुपैयाँका दरले हुन आउने ६२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर प्रत्याभूति ब्यवस्थापनको कार्य गर्न प्रत्याभूतिकर्तामा नागरिक कोष नियुक्त भएको छ। आयोजनाका तर्फबाट अनिल अग्रवाल र लगानी कोषका तर्फबाट रमण नेपालले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। रामेछाप र ओखलढुंगा जिल्ला सीमाको लिखु खोलाबाट ५२.४ मेगावाट विद्युत उत्पादन गर्ने उक्त आयोजनाको निर्माण कार्य ८५ प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । रामेछापका बासिन्दालाई प्रत्यक्ष फाइदा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्