संसद विघटन भएपछि सात मन्त्रीद्धारा सामुहिक राजिनामा



५ पुस, काठमाडौं ।
संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति असहमति जनाउँदै प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्का ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा पूर्वमाओवादी निकट र पूर्वएमाले निकटका माधव नेपाल समूहका मन्त्रीहरु रहेका छन् । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर उनीहरुले राजीनामाको घोषणा गरेका हुन् ।

राजिनामा दिने तीन जना मन्त्रीहरुले प्रधानमन्त्रीको कदमको विरुद्ध मन्त्रिपरिषद बैठकमै प्रतिवाद गरेका थिए । कृषि मन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराई र उर्जामन्त्री बर्षमान पुनले ओलीले संसद विघटन गर्ने प्रस्ताव नलैजान अडान लिएका थिए । प्रधानमन्त्रीले संसद विघटन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृती गरेसँगै सात जना मन्त्रीहरुले राजिनामा दिएका हुन् ।

राजीनामा दिने मन्त्रीहरुमा कृषि मन्त्री घनश्याम भुषाल र पर्यटन मन्त्री योगेश भटराईसहित उर्जामन्त्री वर्षमान पुन, वन मन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री विना मगर रहेका छन् । पूर्व माओवादीबाट गृह मन्त्री बनेका रामबहादुर थापा र उद्योग मन्त्री लेखराज भट्टले भने प्रधानमन्त्री ओलीलाई साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्