राष्ट्रपति र प्रधानमन्त्रीको विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर



६ पुस, काठमाडौं ।
सरकारले प्रतिनिधिसभा विघटन गरेको विरुद्ध राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको विरुद्ध सर्वोच्च अदालतमा मुद्दा भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीले संविधान विपरीत संसद विघटन गरेको भन्दै अधिवक्ता ज्ञानेन्द्र आरणले अदालतमा मुद्दा दायर गरेका हुन् ।
प्रधानमन्त्री र राष्ट्रपतिको कदम गैर संवैधानिक रहेको भन्दै त्यसका विरुद्ध हिजै रिट दायर गर्ने तयारी भएको भए पनि समय अभावका कारण आज सरेको थियो ।
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले संविधानको मर्म विपरीत कदम चालेपछि सर्वोच्चमा रिट परेको हो ।

प्रतिक्रिया दिनुहोस्