नेकपा रामेछापले भन्यो–संसद विघटन संविधान र जनमत विपरीत (विज्ञप्तीसहित)



७ पुस, रामेछाप ।
संसद विघटन भएसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी औपचारिक फुटको दिशामा रहेको छ । दुवै पक्षले समानान्तर भेला चलिरहेको छ । आज बिहान मात्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षिय केन्द्रीय कमिटीको बैठक राखेर ११ सय ९९ सदस्यीय महाधिवशेन आयोजक समिति घोषणा गरेका छन् । त्यसैगरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।


यसैबीच नेकपा रामेछापले संसद विघटन गर्ने कार्य संविधान विपरीत भएको भन्दै सरकारको निर्णयप्रति खेद प्रकट गरेको छ । नेकपा रामेछापका अध्यक्ष मैन कुमार मोक्तान र सचिव शान्ति पौडेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ, अकस्मात संसद विघटन गरि नयाँ जनादेशमा जान गरिएको कदम नेपालको संविधन विपरीत छ, यो कदम नेकपाका कार्यकर्ता र जनताको भावना विपरीत रहेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा लाग्नु पर्ने बेला जनता र देशको हित विपरीत संसद विघटन गरिनु दुःखद भएको विज्ञप्तीमा जनाइएको छ । गैरसंवैधानिक संसद विघटनकोे विरोध गर्न,संसद पुनःस्थापनाका लागि आवश्यक संघर्ष गर्न र संविधान विरोधी तत्वहरुलाई चलखेल गर्ने अवसर नदिने गरी लाग्न विज्ञप्ती जारी गरेर मोक्तान र पौडेलले आग्रह गरेका छन् ।

हुर्नुहोस विज्ञप्ती

mde

प्रतिक्रिया दिनुहोस्