ओलीलाई हटाएर माधव नेपाललाई पार्टी अध्यक्ष बन्न नेकपाको प्रस्ताव
७ पुस, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले अध्यक्ष ओलीलाई हटाएर माधव कुमार नेपाललाई अध्यक्ष प्रस्ताव गरेको छ । अहिले प्रचण्ड नेपाल पक्षको बैठक काठमाडौंको बबरमहलस्थित एक पार्टी प्यालेसमा जारी छ । केन्द्रीय कमिटीको बैठकको बहुमत पक्षले बरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी अध्यक्ष प्रस्ताव गरेको छ ।
यसअघि केपी शर्मा ओली नेकपाको अध्यक्ष रहेको भएपनि उनले आज विहान मात्रै आफूपक्षका केन्द्रीय सदस्यहरुको बैठक माफृत ५ सय ५६ केन्द्रीय सदस्य थपेर ११ सय ९९ जनाको महाधिवेशन आयोजक समिति घोषणा गरेका थिए । अहिले जारी ओलीका विपक्षमा रहेका केन्द्रीय सदस्यहरुको सहभागित रहेको बैठकले ओलीको स्थानमा नेता नेपाललाई अध्यक्षको जिम्मेवारी बहन गर्न प्रस्ताव गरेका हुन् ।