११४ सांसदको हस्ताक्षरसहित सर्वोच्च पुगे नेकपा सांसद



७ पुस, काठमाडाै‌ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसका विरुद्ध नेकपाका सांसदहरू सर्वोच्च अदालत पुगेका छन्। विघटित प्रतिनिधि सभामा नेकपा ११४ जना सांसदको हस्ताक्षरसहित नेताद्वय भीम रावल र देव गुरुङ सर्वोच्च अदालत पुगेका हुन्। गुरुङ प्रतिनिधि सभामा नेकपाका प्रमुख सचेतक थिए।

प्रधानमन्त्रीले एकलौटी रूपमा प्रतिनिधि सभाको विघटन सिफारिस गरेको र अहिले पनि संसद जीवितै रहेको भन्दै सांसदको हस्ताक्षरसहित दाहाल–नेपाल समूहका नेता अदालत पुगेका हुन्।

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा केन्द्रीय कमिटीको बैठक चलिरहेकै बेला रावल र गुरुङ सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालत गएका हुन्।

प्रतिक्रिया दिनुहोस्