नागरिकहरुको सेवालाई प्राथमिकतामा राखेर काम गर्छुः प्रजिअ शर्मा



७ पुस, रामेछाप ।
रामेछपाका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले जिल्लाका नागरिहरुको सेवालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । उनले नागरिकहरुलाई सहज र छिटो भन्दा छिटो तरिकाले सेवा प्रवाह गर्नु आफ्नो पहिलो कर्तव्य भएको बताएका हुन् । सोमवारबाट रामेछापको प्रजिअको जिम्मेवारी सम्हालेका शर्माले सेवा प्रवाहमा कुनै ढिलासुस्ती भएको अवस्थामा सिधै जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न जिल्लावासीलाई आग्रह गरे ।

रामेछाप न्युजसँग कुराकानी गर्दै प्रजिअ शर्माले भने,‘गृह जिल्लामा सेवा गर्न आएको छु, केही राम्रो काम गरेर देखाउन प्रतिबद्धता सहित आएको छु, स्थानीय सरकारसँग समन्वय प्रभावकारी रुपमा काम अगाडि बढाउछु ।’

आफूले जिल्लाभित्रको समस्याको बारेमा जानकारी लिने काम अगाडि बढाएको बताउदै शर्माले सरोकारवाला निकायहरुसँग पर्याप्त रुपमा परामर्श गरेर समाधानको लागि ठोस योजना अगाडि बढाइने बताए । रामेछापको उमाकुण्ड गाउँपालिका निवासी शर्मा पहिलो पटक प्रजिअको रुपमा गृह जिल्ला आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्