संसदीय दलको नेतामा प्रचण्ड चयन



८ पुस, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवन परिसरको ल्होत्से हलमा बुधबार बसेको सांसदहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए ।

जसलाई हलमा उपस्थित सांसदहरुले सर्वसम्मतले अनुमोदन गरे । प्रचण्ड–माधव समूहले संसद सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावमा पनि प्रचण्डलाई नै प्रधानमन्त्री प्रस्ताव गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्