नेकपा प्रचण्ड–नेपाल समुह रामेछापको बैठक सुरु



१२ पुस, रामेछाप ।
नेकपा प्रचण्ड–नेपाल समुह रामेछापले जिल्ला कमिटी को बैठक सुरु भएको छ ।संसद विघटन भएसँगै पुस १४ गतेको लागि घोषित प्रदर्शनलाई प्रभावकारी बनाउन आज बैठक बोलाएको हो ।
बैठकमा प्रचण्ड–नेपाल समुहका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज देवशकंर पौडेल, केन्द्रीय सदस्य एवं जिल्ला सह–इन्चार्ज श्यामकुमार श्रेष्ठ, केन्द्रीय सदस्य युवराज चौलागाई, जिल्ला अध्यक्ष मैन कुमार मोक्तान, जिल्ला सचिव शान्ति पौडेल लगायतको सहभागीता रहेको छ ।
मन्थलीको एक हलमा प्रचण्ड–नेपाल समुहको बैठक भइरहेको छ । बैठकलाई केन्द्रीय सदस्यहरुले सम्बोधन गर्नुको साथै आगामी कार्यक्रमको समेत घोषणा गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्