संसद विघटनको विरुद्ध रामेछापमा कांग्रेसको प्रर्दशन
१३ पुस, रामेछाप ।
सरकारले संसद विघटन गरेको विरोधका नेपाली कांग्रेस रामेछापले विरोध प्रदर्शन गरेको छ । सरकारको असंवैधानिक कदमको विरुद्ध कांग्रेसले आज सदरमुकाम मन्थलीमा प्रदर्शन गरेको हो । कांग्रेसको घोषित कार्यक्रम अनुसार आज १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।
विरोध प्रदर्शन कार्यक्रमपछि मन्थलीको देवकोटा चोकमा आयोजित कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लवश्री न्यौपानले असंवैधानिक कदमको विरुद्ध शसक्त रुपमा आन्दोजनमा जाने बताए । कार्यक्रममा कांग्रेसका जिल्ला सचिव लेखबहादुर कार्की, पूर्व जिल्ला सभापति रामचन्द्र खडका लगायतका जिल्ला नेताहरुको सभागीता रहेको थियो ।
विरोध प्रदर्शन कार्यक्रममा कांग्रेसका युवा कार्यकर्ताहरुले अर्धनग्न भएर सरकार विरोध जनाएका थिए । विघटित संसदलाई पुन ः स्थापना गर, भ्रष्टाचारलाई अन्त्य गर, सर्वसत्तावादी सरकार मुर्दावाद लगायतका नारा हातीमा लेखेरै प्रदर्शन गरेका हुन् । बजारको विभिन्न क्षेत्र परिक्रमा गरेर प्रदर्शन देवकोटा चोकमा आएर समापन भएको थियो ।