प्रचण्ड–नेपालको आकांक्षा पूरा हुन दिन्नः प्रधानमन्त्री ओली



१५ पुस, काठमाडौं ।
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाललाई प्रचण्डको मामुली कार्यकर्ता मात्र भएको आरोप लगाएका छन् । सुदूरपश्चिम क्षेत्रका आफूनिकट नेकपाका कार्यकर्ता तथा नेताहरूको राजधानीको एक पार्टी प्यालेसमा भएको भेलालाई सम्बोधन गदै उनले माधव नेपाल प्रचण्डका कार्यकर्ता भएको आरोप लगाएका हुन् ।


अध्यक्ष ओलीले आफू मरे पनि प्रचण्ड–माधव नेपालको आकांक्षा पूरा हुन नदिने बताउदै बताउदै ओलीले अबको चुनावमा प्रचण्ड नेपाल पत्तासाफ हुने बताए । प्रचण्ड–नेपाल पक्ष चुनावमा आउने भए अध्यक्ष पद छोड्न तयार रहेको पनि ओलीले बताए ।
कमिलालाई काल आयो भने पखेटा पलाउँछ, अहिले यिनीहरु फुरफुर गरेर हिँडेका छन् । यिनका हिसाब जनताले राखेका छन, अध्यक्ष ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्