नेकपा प्रचण्ड–नेपाल समुहले रामेछापको आठ वटै स्थानीय तहमा कार्यक्रम गर्दै



१६ पुस, रामेछाप ।
नेकपा प्रचण्ड–नेपाल समुह रामेछापले जिल्लाको आठ वटै स्थानीय कमिटीमा कार्यक्रमको घोषणा गरेको छ । संसद विघटन भएसँगै प्रचण्ड–नेपाल पक्षले आठ वटै स्थानीय कमिटीमा आफू पक्षिय कमिटीका सदस्यहरुलाई अहिलेको परिस्थितिको बारेमा प्रशिक्षित गर्ने भएको हो । पार्टी विभाजित भएपछि आफू पक्षिय जिल्ला कमिटीको बैठक गरेको उक्त समुहले पुस १७ र १९ गते स्थानीय कमिटीको बैठक गर्न लागेको छ ।


प्रचण्ड–नेपाल समुह रामेछापका सचिव शान्ति पौडेलले संसद विघटन भएपछि उत्पन्न परिस्थितिको बारेमा जिल्लाको आठ वटै स्थानी कमिटीमा रहेका सदस्यहरुलाई जानकारी गराउन कार्यक्रम राखिएको बताए । उनका अनुसार पुस १७ गते (भोली) जिल्लाको लिखु तामाकोसी, उमाकुण्ड, गोकुलगंगा गाउँपालिका र मन्थली नगरपालिकामा स्थानीय कमिटीमा रहेका नेता कार्यकर्ताको भेला गर्दैछौं ।’

त्यसैगरी पुस १९ गते पानीघाट वीरता दिवसको अवसरमा सुनापती गाउँपालिकाको पानीघाटमा सुनापती, दोरम्बा खाँडादेवी गाउँपालिका र रामेछाप नगरपालिकाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यक्रम प्रचण्ड–नेपाल समुहले बताएको छ । कार्यक्रममा प्रचण्ड–नेपाल समुह रामेछापका इन्चार्ज देवशकंर पौडेल, सह–इन्चार्ज श्याम कुमार श्रेष्ठ, केन्द्रीय सदस्य युवराज चौलागाई, जिल्ला अध्यक्ष मैन कुमार मोक्तान र जिल्ला सचिव शान्ति पौडेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्