रिहा लगत्तै पक्राउ परेका गोविन्द खडकालाई काठमाडौं पठाइयो



१९ पुस, रामेछाप ।
उच्च अदालत पाटनले थुनामुक्त गर्न आदेश दिएसँगै जबरजस्ती करणीको आरोपमा जेलमा रहसेका तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडकालाई पुनः पक्राउ गरेर काठमाडौं पठाइएको छ । सात लाख ढरौटी बुझाएर शुक्रवार जिल्ला अदालत रामेछापबाट रिहा भए लगत्तै पक्राउ परेका खडकालाई आज काठमाडौं पठाइएको हो ।

खडका विरुद्ध परेको सम्पत्ती शुद्धिकरण मुद्दामा पक्राउ गरेर थप अनुसन्धानको लागि सम्पत्ती शुद्धिकरण विभाग ललितपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापलेका प्रमुख बसन्त पाठकले रामेछाप न्युजलाई बताए ।

उनका अनुसार सम्पत्ती शुद्धिकरणको मुद्दा प्रहरीले हेर्न निमल्ने भएकाले थप अनुसन्धानको लागि सम्पत्ती शुद्धिकरण विभागमा पठाइएको छ । विभागले मुद्दाको प्रकृति हेरेर म्याद थप गर्ने वा ढरौटीमा छोडन सक्ने बताइएको छ ।

गत असोजमा जिल्ला अदालत रामेछापले खडकालाई जबरजस्ती करणीको आरोपमा पुर्पक्षको लागि जेल पठाउने फैसला गरेको थियो । उक्त फैसालप्रति असहमति जनाउदै खडकाले उच्च अदातलमा दिएको रिटमाथि सुनुवाई गर्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो । पीडित पक्षले भने उच्च अदालतको फैसला विरुद्ध पुनः सर्वोच्च अदातलमा रिट दिने तयारी गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्