२४ औं बेथान वीरता दिवस मनाइयो (फोटोफिचर)



१९ पुस, रामेछाप ।
नेकपा प्रचण्ड–नेपाल समुहले सुनापती गाउँपालिका–४ बेथानमा २४ औं वीरता स्मृति दिवस मनाएको छ । वीरता दिवसको अवसरमा बेथानको चौकी आक्रमण गर्ने क्रममा शहीद हुनुभएका तीन जना शहीदको अर्धकदको शालिक समेत अनावण गरिएको छ ।
२०५३ साल पुस १९ गते तत्कालिन नेकपा माओवादीले जनयुद्धको क्रममा बेथानको प्रहरी चौकी कब्जा गरेको थियो । प्रहरी चौकी कब्जा गर्ने क्रममा तीर्थ गौतम, फत्त बहादुर स्लामी र दिलमाया बमजनको शहादत प्राप्त गरेका थिए ।

 कार्यक्रममा नेकपाका बागमती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहालले बेथानमा बगेको रगतबाट प्राप्त उपब्धिमाथि भइरहेको असंवैधानिक कदमका विरुद्ध शसक्त रुपमा प्रतिवाद गरिने बताए । कार्यक्रममा नेकपाका नेता गंगा कार्कीले बेथानमा बगेको रगतबाट अहिलेको परिवर्तन सम्भव भएको बताउदै प्राप्त अधिकार कुण्ठित गर्न खोज्ने खेल असफल हुने बताए ।

उक्त कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज देवशकंर पौडेलले सरकारले असंवैधानिक रुपमा गरेको संसद विघटनको विरुद्ध जनस्तरबाट प्रतिवाद गरिने बताए । नेकपा रामेछापका सह–इन्चार्ज श्याम कुमार श्रेष्ठले बेथानको बलिदानीबाट प्राप्त अधिकारमाथि कुठराघात गर्ने प्रपञ्च कुनै पनि हालतमा सफल हुन नदिने बताए । प्रवास समन्वय कमिटीका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईले नेपालको परिवर्तनमा बेथानको योगदान महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा नेकपा रामेछापका अध्यक्ष मैन कुमार मोक्तान, सचिव शान्ति पौडेल, नेकपाका नेता टंकलाल घिसिङ, सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा, दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान लगायतको सहभागीता रहेको थियो । नेकपाले पानीघाटमा शहीद स्मृति पार्क समेत निर्माण गरेको छ ।


कांग्रेस छोडेर ३१ जना नेकपामा प्रवेश
वीरता दिवसको अवसरमा सुनापति गाउँपालिका–४ बेथानका ३१ जना नेपाली कांग्रेसका कार्यकर्ता नेकपाका प्रवेश गरेका छन् । डेक बहादुर पाण्डेको नेतृत्वमा ३१ जना काग्रेसमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्