१० लाख ढरौटी बुझाएर रिहा भए गोविन्द खडका



२० पुस, काठमाडौं ।
लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडका दस लाख ढरौटी बुझाएर रिहा भएका छन् ।सम्पत्ती शुद्धिकरण विभागले माग गरेको दस लाख ढरौटी बुझाएर खडका रिहा भएका हुन् ।

जबरजस्ती करणीको आरोपमा जेलमा रहेका खडकालाई उच्च अदालतले पाटनले थुनामुक्त गर्न आदेश थियो ।गत शुक्रवार जिल्ला अदालत रामेछापमा सात लाख ढरौटी बुझाएर थुनामुक्त भएपनि लगत्तै प्रहरीले पक्राउ गरेको थियो । सम्पत्ती शुद्धिकरणको मुद्दाको आधारमा पक्राउ परेका खडकालाई आइतवार जिल्ला प्रहरी कार्यालय रामेछापले ललितपुरस्थित सम्पत्ती शुद्धिकरण विभाग पुल्चोकमा बुझाएको थियो ।

विभागले खडकालाई दस लाख रुपैयाँ ढरौटीमा रिहा गरेको सम्पत्ती शुद्धिकरण विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । उनका अनुसार खडकामाथि प्रारम्भिक बनाया लिएर छोडिएको हो । छ महिना अघि पक्राउ परेका खडका रिहा भएसँगै केही दिनभित्र पुनः लिखु तामाकोसी गाउँपालिकाको अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्