भोली नेकपा ओली समुह रामेछाप जिल्ला कमिटी बैठक बस्दै



२१ पुस, रामेछाप ।
नेकपा केपी ओली समुह रामेछापको जिल्ला कमिटीको बैठक भोलीको लागि बोलाइएको छ । नेकपा प्रचण्ड–नेपाल पक्षले जिल्ला कमिटीको बैठक सम्पन्न गरे लगत्तै ओली समुहले जिल्ला कमिटीको बैठक बोलाइएको हो ।

नेकपा ओली समुह रामेछापका नेता आनन्द श्रेष्ठले बैठकमा जिल्ला कमिटीका १ सय ३३ जनालाई नै सहभागी हुन खबर गरिएको रामेछाप न्युजलाई बताए । उनले भने,‘जिल्ला कमिटीका सबै सदस्यलाई खबर भएको छ, कति सहभागी हुन्छन बैठक बसेपछि मात्र थाहा हुन्छ ।’
जिल्ला कमिटीको बैठकले आठ वटै स्थानीय कमिटीमा जाने कार्यक्रम तय गर्ने श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्