गाउँगाउँमा जनचेतना जगाउदै दोरम्बा गाउँपालिका (फोटोफिचर)
२८ पुस, रामेछाप ।
समाजमा हुने बालविवाह रोक्नको लागि रोक्नको लागि दोरम्बा गाउँपालिकाले गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । समाजमा रहेका विकृति र विसगतीको हटाउन नाटक मार्फत जनचेतनाको कार्यक्रम अगाडि बढाएको हो । दोरम्बा गाउँपालिकाको न्यायिक समितिको आयोजनामा गाउँपालिकाकाभित्र रहेका सबै मावि विद्यालयमा नाकट प्रस्तुत गरिने भएको छ ।
नाटक मार्फत न्यायिक समितिको काम कर्तव्य र अधिकारको बारेमा पनि जानकारी गराउने काम गरिएको दोरम्बा गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक कृशला घिसिङले बताइन । नाटक विद्यार्थीलाई केन्द्रीत गरेर प्रस्तुत गरिएको बताउदै उनले समाजमा रहेका गलत काम हटाउन अभिभावकलाई समेत सचेत गराउने काम गरिएको बताइन ।
‘समाजमा विकृतिको रुपमा रहेको बालविवाह रोक्न समाजको बढी दायित्व हुन्छ’, उपाध्यक्ष घिसिङले भनिन–‘समाजमा रहेका विकृति र विसंगतीलाई हटाउन जनचेतना र शिक्षाको खाँचो छ ।’
तस्बीरः उदय रानामगर